शुक्रबार, वैशाख २८, २०८१

मतदान अन्तिम चरणमा, गणना आजै सुरु गरिने

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

काठमाडौं- उपनिर्वाचन भइरहेका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा मतदान जारी छ। बिहान सात बजे सुरु भएको मतदान अन्तिम चरणमा पुगेको छ।

triton college

फाट्टफुट्ट रुपमा मतदाताहरु मतदानस्थल पुगिरहेका छन्। इलाममा ६३ र बझाङमा ५३ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान छ।

मतदाता आउन छोडे पनि तोकिएको समय साँझ ५ बजेसम्म पर्खिनुपर्ने हुन्छ। सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकेपछि गणना सुरु हुनेछ।

निर्वाचन आयोगले इलाम-२ को मतगणना आजै राति सुरु हुने जनाएको छ। बझाङको मत भने भोलि बिहान ११ बजेदेखि गणना थालिने भएको छ।
 

प्रकाशित: Apr 27, 2024| 15:42 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्