शनिबार, पुस १२, २०८२

रास्वपा उम्मेदवार लिम्बूले गरे आचारसंहिता उल्लंघ‍न

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

काठमाडौं- इलाम-२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्।

National life

लिम्बूले मतदानका क्रममा आफ्नो पार्टीको चुनाव चिह्न घण्टीको ब्याच कोटमा लगाएर आचारसंहिता उल्लंघन गरेका हुन्। उक्त तस्बिर उनले सामाजिक सञ्जालमा आफैंले पोस्टसमेत गरेका थिए। 

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले उक्त कार्य निर्वाचन आचारसंहिताअनुसार नभएको भन्दै कारवाही गर्न जिल्ला निर्वाचन अनुगमन समितिलाई निर्देशन दिएको बताएका छन्। 'इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूबाट आचारसंहिता उल्लंघन भएको देखियो, स्पष्टीकरण सोध्छौं,' उनले भने, 'चित्तबुझ्दो जवाफ नआए कारबाही गर्छौं।'

उनले अनुगमन समितिलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कारवाही प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको बताए। उनले भने, 'रास्वपाका उम्मेदवारले आफ्नो पार्टीको चुनाव चिह्नको घण्टीसहित गएर मतदान गरेको जानकारी हुन आएको छ। तदनुसारकै प्रक्रिया अघि बढाउन र अन्य कानूनी व्यवस्थासहित थप आदेश दिनु नपर्ने गरी कारवाही गर्न हामीले निर्देशन दिएका छौं।'

प्रकाशित: Apr 27, 2024| 15:35 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्