बुधबार, वैशाख २६, २०८१

इलाम र बझाङमा मतदान जारी

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

काठमाडौं- उपनिर्वाचन अन्तर्गत इलाम-२ र बझाङ प्रदेश सभा क मा आज मतदान भइहेको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। 

triton college

इलाम–२ मा १९ जना चुनावी मैदानमा छन् भने बझाङमा ११ जना । इलामको प्रतिनिधि सभामा १२ राजनीतिक दलबाट १२ जना र ७ जना स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ भने बझाङको प्रदेश सभामा ११ राजनीतिक दलबाट ११ जनबीच प्रतिस्पर्धा हुने छ। साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् ।

इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने बझाङ १ (क) ६१ हजार सात सय ४८ मतदाता छन्

इलाममा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र छन् भने बझाङमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ।


corrent noodles
Metro Mart

प्रकाशित: Apr 27, 2024| 07:29 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्