शनिबार, पुस १२, २०८२

तेस्रो त्रैमासमा कुन बैंकले कति कमाए नाफा ?

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघ-चैत मसान्त) मा वाणिज्य बैंकहरूको नाफा घटेको छ।

National life

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकहरुको नाफा ११.५ प्रतिशतले घटेर ४१ अर्ब ५५ करोड रूपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकहरूले ४६ अर्ब ९३ करोड रूपैयाँ नाफा कमाएका थिए।

यो अवधिमा सबैभन्दा बढी नाफा कृषि विकास बैंकको छ। यो बैंकको नाफा ९७.१२ प्रतिशतले बढेर २ अर्ब ५ करोड रूपैयाँ पुगेको छ।

रकमका आधारमा भने सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। बैंकको नाफा ४ अर्ब ६६ करोड पुगेको छ।

नाफा बढाउन सफल बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेण्ट मेगा र एभरेष्ट बैंक रहेका छन्।

Laxmi sunrise bank
kumari

नाफा घटेका १७ वाणिज्य बैंकमध्ये नेपाल बैंकको सर्वाधिक घटेको छ। यो बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको यो बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५ लाख नाफा कमाएको छ।

यसैगरी बैंकहरूको खुद ब्याज आम्दानी ७.६६ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ। यसअघि यस्तो आम्दानी एक खर्ब ३३ अर्ब रूपैयाँ थियो।
बैंकहरूको औसतमा खराब कर्जा २.८५ प्रतिशतबाट बढेर ३.४८ प्रतिशत पुगेको छ। दोस्रो त्रैमासमा खराब कर्जा कुल कर्जाको ३.६३ प्रतिशत थियो। खराब कर्जा ४ प्रतिशतमाथि हुने बैंकको संख्या १० पुगेको छ।

सबैभन्दा धेरै खराब कर्जा हुनेमा लक्ष्मी सनराइज बैंक छ। यो बैंकको ५.४९ प्रतिशत खराब कर्जा छ। सानिमा बैंकको सबैभन्दा कम ०.६९ प्रतिशत छ।

कुन बैंकको नाफा कति ?

प्रकाशित: Apr 19, 2024| 15:13 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्