आइतबार, पुस १३, २०८२

सर्लाहीमा क्षयरोगी बढे

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

सर्लाही- सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ। स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो। 

National life

गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन्। योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन्। जिल्लामा फेला परेका क्षयरोगीमध्ये धेरै हरिवन नगरपालिका क्षेत्रका रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका क्षयकुष्ठ अधिकृत बलिराम यादवले जानकारी दिए।

जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ८९ अर्थात् १४ दशमलव १३ प्रतिशत १४ वर्षमुनिका रहेका अधिकृत यादवले बताए। उनका अनुसार जिल्लामा क्षयरोगीको सङ्ख्या प्रतिलाखमा एक सय ५२ जना छन्।

गाउँ समाजमा क्षयरोगसम्बन्धी चेतनास्तर कम भएका कारण पनि क्षयरोग सङ्क्रमण बढेको उनको भनाइ छ। क्षयरोग नियमित उपचारबाट निको बनाउन सकिने भए पनि अझै धेरै उपचार सेवाबाट टाढा रहने गरेका उनको भनाइ छ। सङ्क्रमितले गर्ने लापरबाही क्षयरोगी बढ्नुको मुख्य कारण रहेको स्वास्थ्यकर्मीको दाबी छ। 

स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जिल्लामा क्षयरोगी खोज पड्ताल अभियान बढेका कारण बिरामी धेरै फेला परेको उनको दाबी थियो। समाजमा क्षयरोगी लुकेर रहे लक्ष्य पूरा गर्न समस्या हुने भएकाले सबै रोगी फेला पार्नुपर्ने बागमती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले बताए। यस क्षेत्रमा मुस्लिम, दलितलगायतका समुदायमा क्षयरोगीको सङ्ख्या पहिचान गरेको छ। 

Laxmi sunrise bank
kumari

यस रोगले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुपोषित बालबालिका, मधुमेह, क्यान्सरलगायतका बिरामी, इँटाभट्टामा काम गर्ने परिवार तथा बालबालिकालाई उच्च जोखिममा पारेको डा झाले बताए। लामो समय सुक्खा खोकी लागे, रातिराति ज्वरो आए, जिउ दुख्नेलगायतका समस्या भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर खकार जाँच गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: Apr 06, 2024| 08:01 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्