आइतबार, चैत २९, २०८२

काठमाडौंमा फिल्म निर्माणसम्बन्धी राष्ट्रिय सम्मेलन

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

National life
kumari

काठमाडौं विश्वविद्यालय (केयु) ले फिल्म निर्माण सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। २२ चैतमा काठमाडौंको पर्यटन बोर्डमा विविध शीर्षकमा प्यानल छलफलसँगै फिल्म देखाउँदै फिल्म विज्ञ, फिल्मकर्मी, अध्येता र फिल्मकर्मीको सहभागितामा 'नेस्नल कन्फ्रेन्स अन फिल्ममेकिङ इन नेपाल' सुरु गरेको हो।

पहिलो दिन डकुमेन्ट्रीमाथि र फिल्मको रचना गर्भमाथि अन्तरक्रियात्मक छलफल सम्पन्न भयो। डकुमेन्ट्रीमाथिको छलफलमा डकुमेन्ट्री मेकर प्रणय लिम्बू, आलोक अधिकारी, इच्छा गुरुङ, दीपक तोलाङ्गे सहभागी थिए।

यसैगरी रचना गर्भमाथि चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष दयाराम दाहाल, निर्देशक सुजित बिडारी, सरिता शाह, सुचित्रा श्रेष्ठ र जनकदीप पराजुलीको उपस्थितिमा छलफल भयो। त्यस्तै 'चेजिङ रेन्बो' देखाउँदै पहिलो दिनको सम्मेलन सम्पन्न भएको छ।

प्रकाशित: Apr 04, 2024| 18:08 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्