सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रीहरूलाई प्रधानमन्त्रीको लगाम- प्रत्येक दिन कामको ब्रिफिङ गर्नुपर्ने

मन्त्रीहरूलाई प्रधानमन्त्रीको लगाम- प्रत्येक दिन कामको ब्रिफिङ गर्नुपर्ने

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

काठमाडौं- सरकारका मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

National life

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले यो जानकारी दिएका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको उनले बताए। 'मन्त्रिपरिषद्को आजको बैठकले सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको छ। प्रत्येक दिन बेलुका दिनभरी गरेका मध्ये ठूलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ,' प्रधानमन्त्रीले भने, 'यो निर्णयले सबै मन्त्रीलाई पनि काम गर्न बल पुग्छ। मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ। '

पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको हो कि भन्ने स्थिति आएको बताउँदै त्यसको अन्त्य गर्नका लागि काम भइरहेको प्रधानमन्त्रीले बताए।

राजनीतिक नेतृत्व र कर्मचारीले एकअर्कालाई साथ र सहयोग नगरेमा कोही पनि सफल नहुने भन्ने कुरा मन्त्रिपरिषद्‍मा भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रत्येक मन्त्रीले हरेक दिनका कामको ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको जानकारी दिए।

Shivam cement

प्रकाशित: Apr 04, 2024| 16:57 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्