सोमबार, असार ८, २०८३

आँबुखैरेनीका किसान फौजी कीराले हैरान

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

दमौली- जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन्। ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो।

National life

फौजी कीराले मकैमा क्षति भएको स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिए। फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उनले भने। उनले भने, 'यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी  प्रयोग पनि भएको छ।'

आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी छरिएको जानकारी दिए। उनले भने, 'हालसम्म गाउँपालिकाको वडा नम्बर २ ढापटारमा समस्या देखियो, जानकारी पाउनेबित्तिकै हामीले कीटनाशक औषधि छरेर किसानलाई यसबारेमा सचेत पारेका छौँ।'

विषादी प्रयोगबारे जानकार किसानले रोग नियन्त्रण गरिरहेका छन्। रोग नियन्त्रणका लागि जैविक विषादी झोल (निम, खुर्सानी, तितेपानी, लसुन, असुरो) प्रयोग गर्न सकिने केसीले बताए। मसिनो माटो, बालुवा, काठको धुलो, खरानी हालेर पनि कीरा नियन्त्रण गर्न सकिने उनले जानकारी दिए।

प्रकाशित: Apr 04, 2024| 20:31 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्