सुन्दर बन्ने चाहना कसलाई हुँदैन र? विभिन्न थेरापी र स्पा सेन्टर सौन्दर्य पारखीहरूकै लागि खुलेका हुन्। अहिले भियतनाममा सुन्दर बन्ने चाहना ह्वात्तै बढेको छ। पछिल्लो समयमा त्यहाँ ‘स्पा’, ‘सैलुन’ र ‘फायर ट्रिटमेन्ट’ को व्यापार विस्तार भएको छ।
यस थेरापीका लागि भियतनामको स्वास्थ्य विभागले ‘हो ची मिन् सिटी ट्रेडिसनल मेडिसिन इन्स्टियुट’ का डाक्टरहरू लाइसेन्स प्राप्त छन्। तर, विभिन्न सैलुन र स्पाले बिनालाइसेन्स पनि कम मूल्यमा थेरापी गराइरहेका छन्।
कसरी हुन्छ फायर ट्रिटमेन्ट ?
यो ट्रिटमेन्ट गर्दा पहिला अनुहारमा टावेल राखिन्छ। टावेलमा केही मात्रामा एल्कोहल छर्किइन्छ। अनि माथिबाट ३० सेकेन्डदेखि १ मिनेटसम्म लागि सल्काइन्छ। टावेललाई माथिबाट अर्को टावेलले छोपिन्छ।
कतिको खतरनाक छ यो थेरापी ?
सुन्दा र हेर्दा कुनै फिल्मको स्टन्टजस्तो देखिने यो थेरापीको अहिलेसम्म कुनै प्रकारको गुनासा आएको छैन। साथसाथै, यस थेरापीका लागि विज्ञहरू नै सहभागी हुनुपर्नेछ।
यस थेरापीमा आगोले अनुहारमा न्यानो गराउने उनको भनाइ छ। तर, विना लाइसेन्स थेरापी दिइरहेका स्पामा भने यसको ग्योरेन्टी हुँदैन।
के के छ यस थेरापीको फाइदा ?
यस थेरापीबाट अनुहार सुन्दर देखिन्छ। अनुहारका कोषमा भाइबे्रसन गराउँछ । यसबाट अनुहार ताजा, चमक र सुन्दर देखिन्छ। यो थेरापी अनुहारमा मात्र नभई सम्पूर्ण शरीरका लागि पनि उपयुक्त रहेको छ। यस थेरापीले शरीरमा रहेको मृत कोषिका, अत्यधिक बोसो, दुखाई र अस्वस्थता पनि हटाउँछ।
चीनमा यस थेरापीलाई हुओ लियोओ भनिन्छ। एक महिलाले टाउको दुखेर आजित भएकी थिइन्। फायर ट्रिटमेन्टपछि उनको दुखाइ निको भएको भास्कर दैनिकीमा उल्लेख छ।
भिडियो हेर्न यो तलको लिंक :
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४