सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निलम्बित न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

निलम्बित न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

National life

न्यायाधीश हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार गिरीलाई थुनामा पठाउन आदेश दिएको हो। जिल्ला अदालतले गिरीलाई धरौटीमा छोडेको थियो भने उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो।

उच्चको आदेश बेरितको देखिएकाले बदर गरिएको छ। पीडित महिलाले पहिल्यै गिरीविरूद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेकै अवस्थामा काठमाडौंस्थित कोठामा आएर गिरीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै अर्को जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीमा अनुसन्धान हुँदा घरबेटीका साथै अरू दुई महिलाले पनि गिरीले पीडित महिलालाई जबरजस्ती गरेको भन्ने कुरा सुनेको भनेर कागज गरिदिएका थिए। यस्तो अवस्थामा गिरी एक्लै किन पीडितको कोठामा गएको कुरालाई इजलासले अस्वाभाविक भनेको छ।

काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने गरी गरेको आदेश सदर गर्ने उच्चको आदेश बदर गरिदिएको सर्वोच्चको आदेशमा उल्लेख छ।

Shivam cement

गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए। त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो।

प्रकाशित: Apr 03, 2024| 18:13 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्