बिहीबार, भदौ ११, २०८३

नेपालगञ्ज कारागारका एक जना कैदीको मृत्यु

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

बाँके-नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए। 

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ। गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए।  

प्रकाशित: Apr 03, 2024| 18:01 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्