आइतबार, पुस १३, २०८२

बारामा यसवर्ष दुई लाख ७१ हजार मेट्रिकटन धान उत्पादन

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

कलैया- बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन्।

National life

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकामा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो।

त्यसैगरी, भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो। सोह्र हजार हेक्टरमा गरिएको चैते धान ८० हजार मेट्रिक टन उत्पादन भएको थियो।

अधिकांश किसानले खेतबाट नै धान बेचेका थिए। अग्हनी प्रतिक्विन्टल तीन हजार चार सय, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो। गत वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। रासस

प्रकाशित: Apr 03, 2024| 19:31 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्