आइतबार, पुस १३, २०८२

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

National life
Laxmi sunrise bank
kumari

दाङ- दाङमा आज दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। 

गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा छन्। थारू दुर्घटनामा परेको एक बसका चालक हुन्। उनीहरुलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। 

लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। सामान्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस आज आपसमा ठोक्किएर दुर्घटना भएको थियो। 

प्रकाशित: Apr 03, 2024| 16:17 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्