शुक्रबार, वैशाख २१, २०८१

टी-२० सिरिज- आयरल्याण्ड ए माथि नेपालको रोमाञ्चक जित

 |  सोमबार, चैत १९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १९, २०८०

काठमाडौं- टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाल ए ले रोमाञ्चक जित निकालेको छ।

triton college

नेपाल ए ले आयरल्याण्ड ए लाई ३ रनले हराएको छ। नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्ड ए निर्धारित २० अ‍ोभरमा ७ विकेट गुमाएर २१० रनमा रोकियो।

अन्तिम ओभरमा २० रन आवश्यक परेको स्थितिमा वुल्भ्सले १६ रन मात्र जोड्न सकेको थियो। अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा रशिद खानले १ रन मात्र दिएपछि नेपालले जित हासिल गरेको हो।

यससँगै सिरिज आयरल्यान्डले २-१ को अन्तरमा जित्यो। वुल्भ्सले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो। बुधबारदेखि ३ खेलको एकदिवसीय सिरिज सुरु हुनेछ।

प्रकाशित: Apr 01, 2024| 17:02 सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्