सोमबार, पुस १४, २०८२

त्रिशूलीमा ट्याक्सी खसेर मृत्यु हुने सबै एकै वडाका

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

पृथ्वी राजमार्गको मुग्लिन नजिक शनिबार बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ५ जनाको निधन भएको छ भने एक जना बेपत्ता छन्।

National life

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार निधन हुनेमा ट्याक्सी चालक गोरखा-७ का ३५ वर्षीय अर्जुन सिर्मल र सोही ठाउँकी ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया र २८ वर्षकी अञ्जना रोकाया र नौ वर्षका बालक आगमन नगरकोटी रहेका छन्।

ट्याक्सी सडकदेखि झण्डै ७० मिटर तल नदीमा खसेको थियो र आधा भाग डुबेको अवस्थामा यात्रुको शव निकालिएको थियो।

ट्याक्सीमा रहेका गोरखा-७ का १८ वर्षीय दिवस रोकाया बेपत्ता छन्। उनको खोजी भइरहेको छ।

आज बिहान सवा सात बजे बा २ ज ४१९६ को ट्याक्सी पृथ्वी राजमार्गको मुग्लिनदेखि एक किलोमिटर पर इच्छाकामना गाउँपालिका-५ सिमलधारामा दुर्घटना भएको हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 30, 2024| 09:53 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्