सोमबार, पुस १४, २०८२

त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु, एक बेपत्ता

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

काठमाडौं- त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

National life

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशूली नदीमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा पाँच जनाको शव भेटिएको छ र एक जना बेपत्ता छन्।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।

सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिएको छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 30, 2024| 09:45 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्