बिहीबार, भदौ ११, २०८३

बेंगलुरुका घरेलु समर्थकलाई निराश पार्दै कोलकाताको सहज जित

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

घरेलु समर्थकलाई निराश पार्दै कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई सजिलै सात विकेटले हराएको छ। यसपल्टको प्रतियोगितामा ‘अवे’ टिमले जित निकालेको यो पहिलो खेल हो।

एम चिन्नस्वामी स्टेडियममा पहिले ब्याटिङ गर्दै बेंगलुरुले छ विकेटमा १ सय ८२ रनको स्कोर खडा गरेको थियो। ओपनरको भूमिकामा विराट कोहलीले ५९ बलमा ८३ रन बनाए। यस्तै क्यामरुन ग्रिनले ३३ रन जोडे।

जवाफमा कोलकाताले १६.५ ओभरमात्रै उपयोग गरेर तीन विकेटमा १ सय ८६ रन बनायो। 

कोलकाताको यो लगातार दोस्रो जित हो। अंक तालिकाको शीर्षमा चेन्नइ सुपर किंग्स, कोलकाता र राजस्थान रोयल्सको दुई दुई खेलबाट समान चार अंक छ। 

प्रकाशित: Mar 30, 2024| 07:28 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्