सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सवारी दुर्घटना : सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटना : सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७७/७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट छ सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

National life

ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालु आवको फागुनसम्म सुदूरपश्चिममा एक सय १४ जनाको मृत्यु भएको छ। आव २०७७/७८ मा एक सय ८७, आव २०७८/७९ मा एक सय ९६, आव २०७९/८० मा एक सय ७७ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले जानकारी दिए। अनियन्त्रित गति र सडकका कारण बढीजसो दुर्घटना हुने गरेको उनको भनाइ छ।

‘दुर्घटनाको कारण अनियिन्त्रित भएर सवारी हाँक्नु प्रमुख रहेको छ। कतिपय अवस्थामा सडक पनि दुर्घटनाको कारण बनेका छन्’, प्रनाउ उप्रेतीले भने, ‘प्रदेशका विभिन्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रमहरु सञ्चालित छन्।’

जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले तीव्र गति र लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको बताउनुभयो। ‘जिल्लामा गत वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको छ’, उनले भने, ‘चालु आवको हालसम्म यहाँ २२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।’

प्रनि विकले पछिल्लो समय राजमार्गमा भन्दा भित्री सडकहरुमा दुर्घटना बढी हुने गरेको बताए। ‘कञ्चनपुरमा प्रहरीका दश युनिट खटिएका छन्’, उनले भने, ‘भित्री सडकहरुमा बढी दुर्घटना हसने गरेको पाएका छौँ। ग्रामीण सडकमा अझै ट्राफिक व्यवस्थापन प्रभावकारी हुन सकेको छैन।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 29, 2024| 20:31 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्