मंगलबार, भदौ ३१, २०८२

डीभी एजुकेशन ग्रुपको 'सक्षम नारी ४.०' कार्यक्रम

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

vianetvianet

काठमाडौं- डीभी एजुकेशन ग्रुपले विभिन्न साझेदारहरुसँगको सहकार्य तथा सहयोगमा 'सक्षम नारी ४.०' आयोजना गरेको छ। यो सशक्तिकरण पहल हाम्रो समुदायमा महिलाहरूको प्रतिभालाई बढावा दिनको लागि एउटा सीप विकास कार्यशाला हो। 

Kumaribank

सुनगाभा नेपाल, साथी एनजि‌ओ र प्रोजेक्ट स्माइलसँगको सहकार्य तथा एबिसि नेपाल एनजिओ, गेट एनजिओ, लाइढोका नारी घर, सेफ हाउस एनजिओ र फन प्ले लर्न एनजिओको सहयोगमा आयोजित 'सक्षम नारी ४.०' कार्यक्रम सबै सहभागीका लागि परिवर्तनकारी अनुभव हुने आयोजकको भनाइ छ।

डीभी एजुकेशनको शुभश्री कलेज अफ म्यानेजमेन्टले भिभान्ता होटल्ससँगको साझेदारीमा पेस्ट्री र बेकरीसम्बन्धी कार्यशाला प्रदान गर्नेछ। यसैगरी ब्युटी बार एण्ड एकेडेमीसँगको सहकार्यमा मेकअप र व्यक्तिगत ग्रुमिङसम्बन्धी तालिम पनि दिनेछ। 

ट्रिटन कलेजले नेशनल क्यान्सर हस्पिटल एन्ड रिसर्चसँगको सहकार्यमा सीपीआर तथा प्राथमिक उपचारसम्बन्धी प्रारम्भिक तालिम दिनेछ। 

यसैगरी ट्रिटन स्कुलले मन्टेश्वरी प्रशिक्षण प्रदान गर्नेछ। यसका साथै धुलिखेल नगरपालिकासँगको सहकार्यमा महिलाहरुलाई डिजिटल साक्षरता र उद्यमशिलता सम्बन्धी तालिम प्रदान गरिएको छ। 

Metro Mart

यो कार्यक्रम डीभी एजुकेशन ग्रुपको सबैभन्दा ठूलो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम हो जसले महिला सशक्तिकरण र सामुदायिक विकासका लागि प्रतिवद्धता व्यक्त गरेको छ।  

यस कार्यक्रममार्फत १०० भन्दा बढी महिलालाई सीप प्रदान गर्दै उनीहरुमा भएको सम्भावनाको ढोका खोलेको छ। 

'हाम्रा आदरणीय साझेदार र सहयोगी संस्थाहरुमार्फत हामीले महिलाहरूलाई उनीहरूको जीवनका विभिन्न पक्षहरूमा फस्टाउनका लागि आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराउने लक्ष्य राख्छौं। सीप निर्माण कार्यशालादेखि स्वास्थ्य र सुरक्षा प्रशिक्षणसम्म 'सक्षम नारी ४.०' ले काम गर्दछ र महिलाहरूलाई आफ्नो पूर्ण क्षमता प्रकट गर्न सहयोगी वातावरण तयार पार्दछ,' डीभी एजुकेशन ग्रुपकी डाइरेक्टर तथा मिस नेपाल २०१३ इशानी श्रेष्ठले भनिन्।

कार्यक्रमको समापन समारोह तथा विद्यार्थीहरुको उपलब्धि प्रदर्शन १७ चैत २०८० (शनिबार) हुने जनाइएको छ। 

महिला सशक्तिकरणसँगै सबैका लागि उज्यालो अनि थप समावेशी भविष्य सिर्जना गर्न हातेमालोका लागि डीभी एजुकेशनले सबैमा अनुरोध गरेको छ।


प्रकाशित: Mar 29, 2024| 16:31 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्