सोमबार, पुस १४, २०८२

पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

गण्डकी- पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक रहेका पाइएको छ। बालश्रम न्यूनीकरण सम्बन्धमा पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो।

National life

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले हाल केन्द्रले किडासालगायत दाताहरूको सहयोगमा बालश्रम न्यूनीकरण, जीविकोपार्जन तथा शिक्षालगायत चारवटा कार्यक्रम सञ्चालन गरिरहेको बताए।

अहिले पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिकको पहिचान भएको बताउँदै उनले तीमध्ये पाँच सय ७२ जना विभिन्न वर्कशपमा कार्यरत रहेको जानकारी दिए।

मोटर तथा मोटरसाइकल वर्कशपमा काम गर्ने अधिकांश बालक भारतीय रहेकाले उनीहरुलाई कामबाट छुटाउन र परिवारको जिम्मा लगाउन नसकिएको बरालले जानकारी दिए। ती बालश्रमिकलाई कार्यस्थलमै पुगेर शिक्षा प्रदान गर्ने गरिएको उनको भनाइ छ।

सामाजिक विकास केन्द्रका संयोजक एवम् पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले केन्द्रले विगतदेखि सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमकै कारण पोखरामा बालबालिकालाई निकृष्ट प्रकारका श्रममा लगाउने कार्यमा कमी आएको बताए।

Laxmi sunrise bank
kumari

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बालश्रम न्यूनीकरणका लागि स्थानीय सरकार बढी क्रियाशील हुनुपर्ने धारणा राखे। साझा सरोकारका विषयमा सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिए।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति, महासचिव बलराम आचाय, पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेम कर्माचार्यलगायतले बालश्रमको न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक भएकामा जोड दिएका थिए।

प्रकाशित: Mar 29, 2024| 17:01 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्