सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जुगल हिमशृङ्खलाअन्तर्गत दुई नयाँ हिमालमा पहिलो आरोहणको तयारी

जुगल हिमशृङ्खलाअन्तर्गत दुई नयाँ हिमालमा पहिलो आरोहणको तयारी

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

National life
Laxmi sunrise bank
kumari

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोहणका लागि अन्तिम तयारी भइरहेको छ।
 
जुगल गाउँपालिकाको शिरमा रहेका जुगल-१ र जुगल-२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएको गाउँपालिका कार्यालयले जनाएको छ।
 
आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन्। नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ बैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए।
 
विसं २०७५ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पोलेटब्यूरो सदस्य एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलोपटक जुगल हिमालको आरोहण सुरुवात गरिएको थियो।
 
त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गरेका थिए।

प्रकाशित: Mar 29, 2024| 22:01 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्