मंगलबार, असार ९, २०८३

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०
National life
Shivam cement

डोटी- वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। 

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्। कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो। उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो। उहाँको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए। 

प्रकाशित: Mar 29, 2024| 10:40 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्