शनिबार, वैशाख १५, २०८१

दैनिक सात जनाले गुमाउँछन् सवारी दुर्घटनामा ज्यान

 |  बिहीबार, चैत १५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १५, २०८०

काठमाडौं- नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट सरदरमा दैनिक ७ जनाको मृत्यु हुने गरेको देखिएको हो। 

triton college

बिहीबार नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा तथ्यांक प्रस्तुत गर्दै केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले एक दिनमा ६५ वटा सवारी दुर्घटना हुने गरेको र ८३ जना घाइते हुने गरेको बताए। उनले नेपालमा जम्मा ६२ लाख ३८ हजार ३०१ सवारी साधन दर्ता भएका र ट्राफिक प्रहरीको संख्या २ हजार ७७० जना रहेको उल्लेख गर्दै एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारीसाधन हेर्नुपर्ने अवस्था रहेको जानकारी दिए। विगत एक वर्षको अवधिमा ट्राफिक प्रहरीले जरिवानाबापत १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ रुपैयाँ राजस्व उठाएको पनि बताए। 

प्रहरीले २०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेको अवधिसम्म ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताएको छ, जसमध्ये सबैभन्दा धेरै १७ हजार ३९७ अपराधको मुद्दा काठमाडौं उपत्यकाका जिल्लाहरूमा दर्ता भएको जनाइएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९६५ अपराध दर्ता भएका छन्। 

केन्द्रीय प्रहरी प्रवक्ता ढकालका अनुसार देशभरमा बैंकिङ कसुरका १३ हजार २७७ वटा मुद्दाहरू दर्ता भएका छन्। महिला तथा बालबालिकासम्बन्धी २१ हजार १९७ वटा घटनाहरू दर्ता भएको उनले बताए। जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा निवेदन दर्ता भई ८ हजार ३४९ निवेदनहरू मिलापत्र भएको छ। जबर्जस्ती करणीको मात्रै २ हजार ४६८ वटा मुद्दाहरू दर्ता भएको प्रहरीको भनाइ छ। महिला तथा बालबालिकासम्बन्धी अपराधहरू सबैभन्दा धेरै मधेश प्रदेशमा दर्ता भएको प्रवक्ता ढकालले जानकारी दिए।

त्यसैगरी, एक वर्षको अवधिमा आत्महत्याका ७ हजार १९४ घटनाहरू दर्ता भएका छन्। कोशी प्रदेशमा सबैभन्दा बढी १ हजार ५३० वटा घटना दर्ता भएका छन्। अपहरण तथा जबर्जस्ती करणी, जबर्जस्ती करणी गरी कर्तव्य, मानव बेचविखन तथा जबर्जस्ती करणीजस्ता गम्भीर प्रकृतिका अपराधहरू ५ हजार १५० वटा दर्ता भएका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 28, 2024| 18:07 बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्