सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दूरसञ्चार प्राधिकरणका दुई अध्यक्षसहित १९ जनालाई भ्रष्टाचार मुद्दा

एमडीएमएस खरिद प्रकरण

दूरसञ्चार प्राधिकरणका दुई अध्यक्षसहित १९ जनालाई भ्रष्टाचार मुद्दा

 |  बिहीबार, चैत १५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १५, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद अनियमिततामा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

अख्तियारले बिहीबार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। एमडीएमएस प्रणाली खरिद प्रकरणमा अख्तियारले प्राधिकरणका निर्देशक-वरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक-निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक-उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक-उपनिर्देशक रेवतीराम पन्थलाई प्रतिवादी बनाएर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

त्यस्तै सहायक निर्देशक-उपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशक/उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला पनि अनियमिततामा संलग्न भएको भन्दै आरोपपत्र दायर गरेको छ।

एमडीएमएस प्रणाली खरिद प्रक्रियामा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ हानि पुर्‍याइएको अख्तियारको दाबी छ। अख्तियारले प्राधिकरणका अध्यक्षलगायतका कर्मचारीले आफू तथा परामर्शदाता नुमेरा जेभीलाई गैरकानुनी लाभ र नेपाल दूरसञ्चार प्राधिकरण-नेपाल सरकारलाई हानिनोक्सानी गरे-गराएको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), (च), (ञ) बमोजिमको कसुरमा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ बिगो माग गरेको छ।

साथै अख्तियारले फैसला हुँदाको मितिको प्रचलित डलरको विनिमय दरबमोजिमको थप रकमसमेत गणना गरी बिगो माग गरेको छ। अख्तियारले सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी खर्च भएको देखिएको बिगो २३ करोड २० लाख ५९ हजार ३ सय १४ रुपैयाँ प्रतिवादीहरूबाट असुल उपरको मागदाबी गरेको छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 28, 2024| 17:58 बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्