बिहीबार, भदौ ११, २०८३

होलीको दिन कर्णाली पुलबाट हामफालेका युवक मृत फेला

 |  बिहीबार, चैत १५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १५, २०८०

काठमाडौँ- चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हामफाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन्।

कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही आज मृत फेला परेका हुन्।

गत सोमबार दिउँसो कर्णाली पुलबाट हामफालेका शाहीको शव आज टिकापुर–२ संकटी घाटमा भेटिएको कैलाली प्रहरीले जनाएको छ। शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको हो।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो। उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो।

पुलबाट हामफालेका १७ जनामध्ये शाहीमात्र नदीमा डुबेर बेपत्ता भएका थिए। हामफाल्ने अन्य पौडी खेलेर बाहिर निस्केका थिए। पुलबाट हाम फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 28, 2024| 17:43 बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्