आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ४३ लाख लागतको काहुले खानेपानी आयोजना सम्पन्न, दुईसयभन्दा बढी उपभोक्ता लाभान्वित

४३ लाख लागतको काहुले खानेपानी आयोजना सम्पन्न, दुईसयभन्दा बढी उपभोक्ता लाभान्वित

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

गोरखा- गोरखाको सहिदलखन गाउँपालिका-५, स्थित काहुलेमा ४३ लाख ९४ हजार रूपैयाँको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना  सम्पन्न भएको छ।

National life

लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएका काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पुर्‍याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए।

'आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्फबाट १८ लाख ९४ हजार रूपैयाँ खर्च भएको छ', उनले भने, 'त्यसबाहेक साझेदार संस्था ‘रिन्युएबल वल्ड नेपाल’ नामक संस्थाले पनि आयोजना निर्माणका लागि २५ लाख रूपैयाँ खर्च गरेको छ।'

उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका दुईसय ६० जनाभन्दा बढी स्थानीय उपभोक्ता लाभान्वित भएका छन्।

'घर आँगनमै धारा बनेपछि ग्रागी बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता हटेको छ, स्थानीयवासी शान्ति रानमगरले भनिन्, 'अब पानी लिन जानुपर्ने समयमा  अन्य काम गर्न सहज भएको छ।' रासस

kumari

प्रकाशित: Mar 29, 2024| 07:01 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्