आइतबार, वैशाख १६, २०८१

होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण अन्योलमा

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

पर्सा- पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा नवनिर्मित होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणको विषय टुङ्गो नलाग्दा होल्डिङ सेन्टर अलपत्र परेको छ।

triton college

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको होल्डिङ सेन्टर भवन स्वामित्व हस्तान्तरण अन्योल हुँदा भवन अलपत्र परेको हो।

सरकारले विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णय अनुरुप नेपाली सेनाले करिब २८ करोडको लागतमा १३ भान्साघर, २२ शौचालय, सामान्य लक्षण भएकाका लागि नौ सय शय्या र जटिल अवस्थाका बिरामीका लागि एक सय शय्या तथा तीन वातानूकुलितसहितका भिआइपी कक्ष निर्माण गरेको सो होल्डिङ सेन्टरलाई सेनाको टोलीले सुरक्षा दिइरहेको छ।

निर्माणकार्य सम्पन्न भएको लामो समयसम्म पनि होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण हुनसकेको छैन। “होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने अझै निश्चित हुनसकेको छैन”, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादवले भने, “स्वामित्वको निश्चित नहुँदा होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान हुनसकेको छैन।” होल्डिङ सेन्टरमा तत्काल बिजुली र खानेपानीको जडान गर्न पहल गरिए पनि स्वामित्वको निश्चित नहँुदा त्यो सम्भव हुन नसकेको उनको भनाइ छ।

होल्डिङ सेन्टरको स्वामित्व सङ्घीय, प्रदेश वा स्थानीय सरकार कसको हुने अझै निश्चित नभएकाले समस्या भएको स्वास्थ्य शाखा संयोजक यादवले बताए। भौतिक पूर्वाधार पूर्ण रूपमा तयार भए पनि यसलाई नियमित सञ्चालनका लागि स्वामित्व हस्तान्तरण र बजेटको अभाव रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताए।

corrent noodles
Metro Mart

“हामीले महानगरपालिकालाई स्वामित्वका लागि पत्राचार गर्यौँ, तर महानगरपालिकाले बजेट अभावका कारण स्वामित्व लिएर सञ्चालन गर्न नसकिने भनेर जवाफ दियो”, प्रजिअ भुषालले भन, “त्यसपछि मधेस प्रदेश सरकार र स्वास्थ्य विभागलाई समेत पत्राचार गर्यौँ, तर अहिलेसम्म कुनै जवाफ आउन सकेको छैन।”

होल्डिङ सेन्टर सञ्चालनका लागि जिल्लाका सबै संयन्त्र तयार भए पनि स्वामित्व हस्तान्तरण र बजेटको समस्या भएको प्रजिअ भुषालको कथन छ। “विद्युत् प्राधिकरण र खानेपानीका प्रमुखलाई बोलाएर होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान गरिदिन आग्रह गरे, तर उहाँहरूले स्वामित्वको निश्चित नहुँदासम्म बिजुली र धारा जडान गर्न सकिँदैन भनेर जवाफ दिनुभयो”, प्रजिअ भुषालले भने, “त्यसैले अहिले होल्डिङ सेन्टर अलपत्र अवस्थामा छाड्नुपरेको छ।”

यसैबीच भारतीय सीमा क्षेत्रमा महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा खटिएका ल्याब टेक्निसियन निशा साहले भारतबाट आवतजावत गर्ने करिब दुुई सयदेखि तीन सय जना विदेशीको दैनिक रूपमा कोरोना जाँच गरिरहेको बताए।

होल्डिङ सेन्टर सञ्चालन नहुँदा जाँचका क्रममा कोरोना पोजेटिभ देखिएका बिरामीलाई होम क्वारेन्टिनमा बस्न सुझाव दिँदै घर पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। रासस

प्रकाशित: Mar 29, 2024| 08:01 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्