सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ११ करोड लागतको भिमाद अस्पताल भवन निर्माण अलपत्र, बजेट अभावले रोकियो काम

११ करोड लागतको भिमाद अस्पताल भवन निर्माण अलपत्र, बजेट अभावले रोकियो काम

 |  बिहीबार, चैत १५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १५, २०८०

तनहुँ- बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका-६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ।

National life

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन भवन निर्माण थालिए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताए। एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माण थालिएको थियो।

हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत मात्र भएको छ। नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ रूपैयाँ भुक्तानी गरिएको छ।

भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा काम पूरा नभएकाले पुनः २०८१ साल असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए।

बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या भएकाले त्यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 28, 2024| 19:01 बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्