सोमबार, पुस १४, २०८२

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

 |  बिहीबार, चैत १५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १५, २०८०

झापा- झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट उनका श्रीमान घाइते भएका छन्। शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको मृत्यु भएको हो।

National life

हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन जाँदा आत्तीको आक्रमणमा परेकी हुन्। 

घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका श्रीमान ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि विर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पुर्‍याएको छ। 

घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ। यस वर्ष साउनदेखि हालसम्म झापामा हात्तीको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ। जङ्गली हात्तीले बुधबार अर्जुनधारा नगरपालिका–९ बाह्रघरेका नन्दप्रसाद पौडेल र दुर्गा बस्नेतको घर भत्काएको छ। 

हात्तीले गोठमा रहेको धानसमेत खाएको छ। हात्तीले यसअघि मङ्गलबार कमल गाउँपालिका–५ सिम्लेका आइतराज लिम्बूको खेतको मकै खाएको थियो। हात्तीले आइतबार मेचीनगर नगरपालिका–३ दोकानडाँडाका टङ्कप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 28, 2024| 13:01 बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्