बिहीबार, भदौ ११, २०८३

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

 |  बिहीबार, चैत १५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १५, २०८०

काठमाडौं- पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
 
विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो। 

मौसमविद् झाले भने, ‘अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। यो क्रम अझै केही दिन जारी रहनेछ।’ 

प्रकाशित: Mar 28, 2024| 12:46 बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्