मंगलबार, असार ९, २०८३

१६ वर्षदेखि स्तरोन्नति हुन नसकेको बरेङ-शान्तिपुर सडक

 |  बिहीबार, चैत १५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १५, २०८०

बागलुङ- दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन।

National life

खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। दुवै याममा स्थानीयले सास्ती खेप्नुपरेको छ।

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी–ढोरपाटन सडक भए पनि बरेङ गाउँपालिकासँग जोडिएका छैनन् तर गाउँपालिकाले कालीगण्डकी करिडोरसँग जोड्न सडक निर्माण गरिसकेको छ।

दुई जिल्लालाई जोड्ने यो सडकलाई दक्षिण बागलुङ ‘व्यापारिक सडक’का रूपमा लिइन्छ। बरेङ क्षेत्रका लागि जिल्ला सदरमुकाम बागलुङ बजार अपायक पर्छ। प्रशासनिक कामबाहेक यहाँका अधिकांश स्थानीय बुटवल जाने गर्छन्। दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने सडकको दुरावस्था सम्बोधनका निम्ति राज्यको नजर नपरेकामा स्थानीय खिन्न छन्।

गाउँपालिकाले बरेङडाँडाबाट पालिकाको कार्यालय सुँडालासम्म सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण र ग्याबिन उठाइएको छ। सडक कालोपत्र गर्न बजेट अभाव भएकोे बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले दुखेसो गरे।

Shivam cement

कालोपत्रका लागि धेरै बजेट लाग्ने तर पालिकाको बजेटले नभ्याउने उहाँले बताउनुभयो। गुल्मीको शान्तिपुर र बुुटवल व्यापार तथा अन्य कामका लागि नजिक भएको हुँदा आवतजावत बाक्लो हुने उक्त सडक अपरिहार्य भएको अध्यक्ष शर्माले बताए।

प्रकाशित: Mar 28, 2024| 07:01 बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्