बिहीबार, भदौ ११, २०८३

आज मधेसमा होली मनाइँदै

 |  सोमबार, चैत १२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १२, २०८०

काठमाडौं- आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ। ‘जोगिरा सररर...’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ। 

सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ। होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उनको भनाइ छ। ‘मधेसमा होली पर्व विशेष रुपले लिइन्छ’, उनले भने। 

होली मनाउने अघिल्लो दिन ‘होलीका’ दोहन गरिन्छ। आज  बिहानै खीर, मालपुवा, दालको पुरी, फलफुल बनाएर कुलपुजा गर्ने चलन छ। त्यस्तै, ठूलाबढाको हातबाट अविर लगाएर होली पर्व मनाउन थालिने मधेसको परम्परा छ। 

झाका अनुसार पहाडमा भन्दा मधेसमा होली केही भिन्न छ। गाउँमा समूह बनाएर होरी गीत गाएर नाचगान गर्ने चलन छ। झा भन्छन्, ‘जोगिरा सररर... बोलको गीत मधेसमा निकै चर्चित छ। राधा-कृष्ण र शिव-पार्वतीको प्रेम प्रसङ्गमा गाउने गीत पछिल्लो समय युवा पुस्ताले आफ्नै शैलीमा पस्किन थालेको उनले सुए। संस्कृतविद् धिरेन्द्र प्रेमर्षिले मधेसको होलीमा भाइचारा र आत्मियता अधिक हुने गरेको बताए। ‘ठूला साना सबैको सम्मानपूर्वक व्यवहारसहित होली खेलिन्छ’, उनी भन्छन्, ‘नया पुस्ताले त्यही संस्कार सिको गर्दै आएका छन्।’

प्रकाशित: Mar 25, 2024| 12:30 सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्