बिहीबार, भदौ ११, २०८३

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, तीन घाइते

 |  सोमबार, चैत १२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १२, २०८०

काठमाडौं- अछामको मेल्लेख गाँउपलिका-७ सुयेडीमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। सोमबार बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। दुर्घटनामा तीन जना घाइते भएका बताइएको छ। 

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको छ। मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको हो। 

दुर्घटनाबारे थप जानकारी भने आउन बाँकी छ।

प्रकाशित: Mar 25, 2024| 10:55 सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्