सोमबार, पुस १४, २०८२

करबाकेली जोड्ने पदमार्ग निर्माण थालियो

 |  आइतबार, चैत ११, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ११, २०८०

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको धार्मिक पर्यटकीयस्थल करबाकेली जोड्ने पदमार्ग निर्माण सुरु गरिएको छ। गण्डकी प्रदेश सरकार र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आर्थिक सहयोगमा महभिरका बासिन्दाले भिरालो पाखा र उकालो बाटोमा ढुंगाको सिँढी बिछ्याएर पदमार्ग निर्माण गर्न थालेका हुन्।

National life

पदमार्ग निर्माण समितिका अध्यक्ष देउबहादुर पुर्जा पुनले कोप्रे खोलादेखि महभिर गाउँसम्म निर्माण भएको पदमार्गलाई विस्तार गरेर करबाकेली जोड्ने लक्ष्य रहेको बताए।

'पर्वतको बासखर्कबाट महभिर हुँदै करबाकेली जाने धार्मिक तथा अन्य पर्यटकलाई झाडी पन्छाएर हिँड्नुपर्ने समस्या थियो,' उनले भने, 'व्यवस्थित पदमार्ग बनेपछि सुरक्षित र सहज रुपमा यात्रा गर्न पाएका छौँ।' ढुंगा कुदेर भुइँमा बिछ्याइएको भन्दै पदमार्ग व्यवस्थित भएपछि चिप्लिएर लड्ने र चोटपटक लाग्ने समस्या हटेको पुनले बताए।

चालु आर्थिक वर्षमा १० लाख रूपैयाँ बजेट विनियोजन भएको पदमार्ग निर्माण योजनामार्फत एक दशमलव पाँच मिटर फराकिलो सात सय ५० मिटर लामो पदमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म चार सय ५० मिटर सम्पन्न भएको पर्यटन तथा उद्योग कार्यालयका इन्जिनियर सुमन बोगटीले जानकारी दिए।

महभिरका २७ घरधुरीले पाँच/पाँच दिनका दरले श्रमदान गरेका छन्। दैनिक २० जनाको अनुपातमा मजदुर परिचालन गरिएको छ। पदमार्ग निर्माणका क्रममा रोजगारी सृजना भएको भन्दै पर्यटन प्रवद्र्धन भए थप अवसर सृजना हुँदै जाने स्थानीय बुद्धिबहादुर पुर्जाले बताए। महभिरबाट करबाकेली जोड्ने थप तीन किलोमिटर पदमार्ग निर्माणलाई पूर्णता दिन थप ३० लाख रूपैयाँ बजेट माग गरिएको उनले बताए।

Laxmi sunrise bank
kumari

पुन समुदायको कुलदेवता ‘करबाकेली बाबा’को थान, पुन सङ्ग्रहालय रहेको करबाकेलीबाट गुर्जा, धवलागिरि, मानापाथी, बराह शिखर, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल लहरै अवलोकन गर्न सकिन्छ। करबाकेली वसन्त ऋतुको आगमनसँगै गुराँसे जंगलले घेरिएको छ।

समुद्री सतहबाट दुई हजार तीन सय ३२ मिटर उचाइमा अवस्थित करबाकेली धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्ने उपयुक्त स्थानका रुपमा मानिन्छ। महभिरबाट एक घण्टा ३० मिनेट उकालो हिँडेपछि पुगिने करबाकेलीबाट मोहरेडाँडा, फूलबारी र पुनहिल तथा घोडेपानी जान सकिन्छ। रासस

प्रकाशित: Mar 24, 2024| 15:31 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्