सोमबार, पुस १४, २०८२

होलीको दिन यस्तो रहनेछ मौसम

 |  आइतबार, चैत ११, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ११, २०८०

National life
Laxmi sunrise bank
kumari

आज दिउँसोः कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी गरी तीन प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ ।

यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । ‘देशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।’
 

प्रकाशित: Mar 24, 2024| 06:48 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्