सोमबार, पुस १४, २०८२

करेन्ट लागेर दाङमा एकै परिवारका तीन जनाको मृत्यु

 |  शनिबार, चैत १०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १०, २०८०

दाङमा शनिबार करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ।

National life

राप्ती गाउँपालिका–३ मसुरियास्थित विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। स्थानीय ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमा मृत्यु भएको र ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

हजुरआमा र नाति घरको आँगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। एक्कासि बिजुलीको तार चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो।​ विद्युत प्राधिकरणको ११ केभीएको हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लागेको बताइएको छ।

प्रकाशित: Mar 23, 2024| 19:22 शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्