शनिबार, वैशाख १५, २०८१

हुम्लाको अदानचुलीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु

 |  शनिबार, चैत १०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १०, २०८०

triton college
corrent noodles
Metro Mart

सिमकोट (हुम्ला)- हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए। 

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो। उनका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ। दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ। दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ।
 

प्रकाशित: Mar 23, 2024| 17:16 शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्