बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मस्कोमा आतंकवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त

मस्कोमा आतंकवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त

 |  शनिबार, चैत १०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १०, २०८०

काठमाडौं- नेपाल सरकारले रुसको राजधानी मस्कोमा  शुक्रबार सांगीतिक कार्यक्रममा आतंतवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ। 

‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतंतवादको निन्दा र भत्र्सना गर्दछ, आतंतवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,’ विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारले मस्कोमा आतंतवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

प्रकाशित: Mar 23, 2024| 14:47 शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्