सोमबार, पुस १४, २०८२

बेनीघाट-आरुघाट सडक: चार करोडमा तान्द्राङ खोलाको पुल निर्माण

 |  आइतबार, चैत ११, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ११, २०८०

गोरखा- गोरखाको बेनीघाट-आरुघाट सडक खण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ।

National life

भीमसेन थापा गाउँपालिका-८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए।

बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिनाभित्रै निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ। पुल निर्माणका लागि कार्यालयले जलप होम जेभीसँग गएको मङ्सिर १५ गते ठेक्का सम्झौता गरेको थियो।

'एक वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो', उनले भने, 'तर तीव्र गतिमा काम भएकाले तोकिएको समयभन्दा झन्डै आठ महिनाअघि नै काम सम्पन्न भयो।'

पुल निर्माणको लागत तीन करोड ८९ लाख ८३ हजार रूपैयाँ रहेको छ। पुलको वारिपारि दुवैतर्फ ५०/५० मिटरको पहुँच मार्ग निर्माण भएको इन्जिनियर श्रेष्ठले बताए। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले त्यहाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरिएको भए पनि पछि त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको हो।

Laxmi sunrise bank
kumari

पुल निर्माण भएसँगै बेनिघाटदेखि आरुघाटसम्म दैनिकरुपमा चल्ने सवारी साधनको  आवागमनमा सहज भएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। पुल निर्माणले गोरखाको भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज हुनेछ। 

प्रकाशित: Mar 24, 2024| 08:01 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्