बिहीबार, भदौ ११, २०८३

एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण

 |  आइतबार, चैत ११, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ११, २०८०

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ। श्रमदानसहित एक करोड चार लाख रूपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो।  

आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ। खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४सै घण्टा नियमित पानी आउन थालेपछि पानीको समस्या समाधान भएको बताइन्।

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पूरा भएको हो। उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार ट्रष्टको ७३ लाख रूपैयाँ बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको ३१ लाख रूपैयाँ बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो।

आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ।

ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिए। 

प्रकाशित: Mar 24, 2024| 09:01 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्