सोमबार, पुस १४, २०८२

शुक्लाफाँटामा सुरक्षित आवासका लागि पालिकाको अनुदान

 |  शनिबार, चैत १०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १०, २०८०

कञ्चनपुर- गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ।

National life

पराल, खर, स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो। कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंकमार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

पहिलो चरणमा प्रथम किस्ताबापत एकसय ११ परिवार, दोस्रो चरणमा ५५ परिवार र तेस्रो चरणमा ८८ परिवारलाई ३० हजार रूपैयाँका दरले अनुदान रकम उपलव्ध गराइएको हो। छाना फेर्न अधिकतम ५० हजार रूपैयाँ दुई किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ताबापत सो रकम प्रदान गरिएको हो। 

सहरी विकास विभाग संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ। रासस

प्रकाशित: Mar 23, 2024| 22:01 शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्