सोमबार, पुस १४, २०८२

काभ्रेका सुन्तला किसानलाई उत्पादन बढाउने तालिम

 |  शनिबार, चैत १०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १०, २०८०

धुलिखेल- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं. ४ का सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको छ। गाउँपालिकाको कृषि विकास शाखाले ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइएको हो।

National life

गाउँपालिकाको सुन्तला प्रवर्द्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा सघाउने उद्देश्यले तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बताए।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले तालिमको सहजीकरण गरेका थिए।

सुन्तलाका बोट सुक्ने, मर्ने तथा भएका बोटमा फलको गुणस्तर नहुनेलगायत समस्या भएपछि किसानलाई तालिम दिइएको बेथानचोक गाउँपालिका वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले बताए।

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैँचाको निर्माण भएको स्थानको भौगोलिक विशेषता, स्याहार, मलजल, रोग नियन्त्रणबारे प्रशिक्षण दिइएको जानकारी दिए।

Laxmi sunrise bank
kumari

सुन्तला खेतीका लागि बेथानचोकको वडा नं. ४ र आसपासका क्षेत्र उर्वर भएकाले किसानलाई उत्पादकत्व वृद्धिमा सघाउन तालिमको व्यवस्था गरिएको हो। पालिकाले सो क्षेत्रमा किसानलाई प्रोत्साहनस्वरुप पाँच हजार उन्नत जातका विरुवा बाँड्ने योजना बनाएको जनाइएको छ।

यो वर्ष यहाँका किसानले दुई करोड रूपैयाँभन्दा बढीको सुन्तला बेचेका थिए। धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले, सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ सुन्तला उत्पादनका निम्ति प्रसिद्ध छन्।

प्रकाशित: Mar 23, 2024| 21:01 शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्