बिहीबार, भदौ ११, २०८३

अतिक्रमणको चपेटामा चुँदीखोला

 |  शनिबार, चैत १०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १०, २०८०

दमौली- तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित चुँदीखोला अतिक्रमणको चपेटामा परेको छ। डुम्रे बजार नजिकै बगेको चुँदी खोलाको दायाँबायाँ अतिक्रमण गरी धमाधम संरचना निर्माण हुने क्रम बढेको छ।

स्थानीयले दुवै तर्फबाट चुँदीखोला मिचेर साँघुरो बनाउँदै लगेका छन्। दशभन्दा बढी घरका पिल्लर खोलाबाटै उठाइएको छ। स्थानीयीले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल लगाउँदा अर्काे क्षेत्रतिर कटानको जोखिम बढेको छ। फोहोर पानी र ढलसमेत खोलामा मिसाउँदा खोला प्रदूषित बन्दै गएको छ।

खोला किनारबाट बन्दीपुर गाउँपालिकातर्फ करिब १५ पक्की घर निर्माण गरी होटल तथा विभिन्न व्यवसाय सञ्चालन गरिएको छ। भानु नगरपालिकातर्फ पनि चुँदीखोला अतिक्रमण गर्ने क्रम बढेको छ। डुम्रेबजारतर्फ बजार विस्तार गर्ने ठाउँ सकिएपछि पारि भानु नगरपालिकातर्फ बस्ती विस्तार हुन थालेको छ।

चुँदी खोलाबाट मापदण्ड विपरित पुरानो पर्खालभन्दा करिब सात/आठ फिट खोलातर्फ पक्की पर्खाल निर्माण गरिएको छ। स्थानीय सूर्यकुमार श्रेष्ठले करिब तीन रोपनी क्षेत्रफलमा चुँदी खोलाबाटै मापदण्ड विपरित पर्खाल लगाइरहेका छन्। 

भानुु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सार्वजनिक जग्गा मिचिएको पाइए कारबाही गरिने बताए। सार्वजनिक जग्गामा घर नबनाउन गाउँपालिकाले पटकपटक सूचना जारी गरे पनि अटेर गरी संरचना बनाउने क्रम नरोकिएको उनको भनाइ छ। रासस 

प्रकाशित: Mar 23, 2024| 20:01 शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्