मंगलबार, असार ९, २०८३

सुक्खा फोहोर बेचेर आम्दानी गर्न कामनपाले माग्यो प्रस्ताव

 |  शुक्रबार, चैत ९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ९, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहोर बिक्री गरी आय संकलनका लागि प्रस्ताव आह्वान गरेको छ। 

National life

वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गरी आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरुले ३० दिनभित्र सुक्खा फोहोर खरिदका लागि आज प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

सुक्खा फोहोर खरिदका लागि प्राप्त प्रस्तावहरु आगामी बैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरुको रोहवरमा खोलिने जनाएको छ। 

महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रुपमा संकलन हुने सुक्खा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ।

यसैगरी उक्त विषयमा थप जानकारी काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिने सूचनामा उल्लेख गरिएको छ।

Shivam cement

प्लाष्टिक, कपडालगायतका २९ वटा सामग्रीहरुलाई सुक्खा फोहोर भन्ने गरिएको विभागका प्रमुख नविनमान श्रेष्ठले बताए। उनले भने, 'नेपालमै यो सुक्खा फोहोर बिक्री गरी आय संकलनका लागि प्रस्ताव आह्वान गरिएको पहिलो पटक भएकाले यो सुरुवाती हो, कति आम्दानी हुन्छ अहिले जानकरी भएन। आम्दानीअनुसार उक्त रकम वातावरणको क्षेत्रमा लगानी गरिने छ।'

काठमाडौंमा प्रतिदिन सात सय टन फोहोर संकलन हुने गरेको र टेकुमा मात्रै प्रतिदिन दुई सय टन फोहोर आइरहेकाले कति टन सुक्खा फोहर जम्मा हुन्छ त्यो विषयमा अहिले नै भन्न सकिने अवस्थामा नरहेको श्रेष्ठले बताए। 

प्रकाशित: Mar 22, 2024| 17:30 शुक्रबार, चैत ९, २०८०
प्रतिक्रिया दिनुहोस्