मंगलबार, असार ९, २०८३

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

सल्लेरी- सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्। 

National life

चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताइन्। उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ। 

जमिन तातिएकाले केही समयमै हिउँ पग्लिएको शेर्पाले बताइन्। ‘पूरै खुम्बु सेताम्मे बनेको छ। यहाँ हिउँले वनजङ्गल, घर, विद्यालय सबै ढाकिएको छ। बुधबार दिउँसोदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ। विद्यार्थीको परीक्षा चलिरहेकाले केही समस्या भइरहेको छ’, उनले भनिन्।

हिमपातपछि किसान भने खुसी भएका छन्। यतिखेर हिमाली भेगमा आलु रोप्ने समय भएकाले जमिन रसिलो हुने खुम्जुङकी ल्हेमी शेर्पाले बताइन्। चैतमा हिमपात भएपछि स्थानीयदेखि पर्यटन व्यवसायीसमेत आश्चर्यमा परेका उनको भनाइ छ। 

विगतमा पुस, माघमा पर्ने हिउँ अहिले चैतमा पर्नु स्वाभाविक मान्न नसकिने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। 

Shivam cement

जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा अस्वाभाविक प्रणाली देखिन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। यस सिजनमा वर्षात् हुनुपर्ने भए पनि नाम्चेसहितका क्षेत्रमा पुस, माघकै झल्को दिनेगरी भारी हिमपात भएको स्थानीय साङ्गे शेर्पाले बताए।

प्रकाशित: Mar 21, 2024| 17:01 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्