मंगलबार, असार ९, २०८३

इच्छाकामनाका किसानलाई अनुदानमा उन्नत मकैको बीउ

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ। गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो।  

National life

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो। इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन्।

खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ। गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उनले बताए।

गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल  मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए। 

इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो। गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ। 

Shivam cement

प्रकाशित: Mar 21, 2024| 18:01 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्