शनिबार, चैत २८, २०८२

विषाक्त आहाराले गिद्ध जोगाउन गाह्रो

 |  शुक्रबार, चैत ९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ९, २०८०

नवलपरासी- विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ। 

National life

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३ गिद्ध मरेका छन्। विषाक्त आहाराका कारण बिरामी भएका गिद्धको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले बताए।

'गिद्ध जोगाउन ठूलो चुनौती देखिएको छ', उनले भने, 'विषादी प्रयोग गरेर कुखुराको मासु कुकुर र स्याललाई मार्न खुवाउने गरिएको छ। विषयुक्त मासु खाएर मरेका कुकुर र स्यालको सिनो खाँदा गिद्ध मरेका हुन्।'

यसअघि गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा २०६३ जेठ २३ गते औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाए पनि लुकिछिपी बिक्री हुने गरेको छ। सो औषधिका कारण पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चरा विद्हरु बताउँछन्।

डाइक्लोफेनेक औषधि प्रयोग गरी उपचार गराइएका पशुको सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई गिद्ध मर्ने गरेका चरा विज्ञ डा हेमसागर बरालले बताए। 

kumari

पछिल्लो समय मरेका कुकुर, स्याललगायतको सिनोमा डाइक्लोफेनेकभन्दा कडा विषादी प्रयोग गरिँदा गिद्ध मर्ने गरेको पाइएको चरा विज्ञ बरालले बताए। 'विषादी किनबेच गर्न विज्ञको सिफारिस अनिवार्य चाहिने व्यवस्था गर्नुपर्छ', उनले भने। रासस  

प्रकाशित: Mar 22, 2024| 08:01 शुक्रबार, चैत ९, २०८०
प्रतिक्रिया दिनुहोस्