मंगलबार, असार ९, २०८३

१८ दिनदेखि बेपत्ता नन्दबहादुर मृत भेटिए

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०
National life
Shivam cement

बैतडी- १८ दिनदेखि बेपत्ता रहेका यहाँका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। 

गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेको जनाइएको छ। स्थानीयले बोहरालाई मृतावस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको प्रहरी निरीक्षक जोशीले बताए। 

घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: Mar 21, 2024| 13:46 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्