काठमाडौ- वनमा लागेको डढेलोमा जलेर घाइते भएका कालीकोटका बाबुछोरीको उपचारको क्रममा मृत्यु भएको छ।
कालीकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा जलेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका क्रममा मृत्यु भएको हो।
यही चैत २ गते बाख्रा चराउन गएका बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परी उनीहरु गम्भीर घाइते भएका थिए।
गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएकोमा आज मृत्यु भएको हो।