मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सभामुखलाई सीआईबीको पत्र- विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ

सभामुखलाई सीआईबीको पत्र- विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ

 |  बुधबार, चैत ७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत ७, २०८०

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको विषयमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन भइरहेको जानकारी संसद्‍लाई गराएको छ।

National life

सीआईबीले बुधबार सभामुख देवराज घिमिरेलाई यसबारे जानकारी दिँदै पत्र लेखेको हो। सांसद चौधरीमाथि छानबिन भइरहेको भन्दै सभामुख घिमिरेलाई जानकारी गराउन संसद् सचिवालयमा सीआईबीले पत्र दर्ता गराएको हो। बाँसबारीको १० रोपनी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका–३ स्थित १० रोपनी जग्गा तत्कालिन च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको विषयलाई लिएर विवाद छ। अहिले त्यो जग्गामध्ये १० रोपनी जग्गामा सिजी चाँदबाग रेजिडेन्सी सञ्चालनमा छ। सांसद चौधरी च्याम्पियन फुटवेयरका संस्थापक सेयरधनी हुन्। 

यसअघि बाँसबारी कारखानाको जग्गा गैरकानुनी रुपमा निजी बनाएको भन्दै सीआईबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ मा पक्राउ गरेको थियो। पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतले हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो। 

सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए। सांसद चौधरीले यही चैत ५ मा संसद्मा बोल्दै बाँसबारी जग्गा सरकारले गरेको लिलामीमार्फत आफूहरूले लिएको जानकारी गराएका थिए। यसअघि मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ मा च्याम्पियन फुटवेयरको नाममा पत्र काटेको थियो।
 

Shivam cement

प्रकाशित: Mar 20, 2024| 20:41 बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्